Loading... आजः २०८३ बैशाख ४, शुक्रबार

अमेरिकाले नियुक्त गर्‍यो नेपालका लागि नयाँ राजदूत

काठमाडौं – अमेरिकाले नेपालमा नयाँ राजदूत नियुक्त गरेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सुरक्षाविज्ञ डिन थम्पसनलाई नेपालको राजदूतमा नियुक्त गरेका हुन्।  काठमाडौंस्थित राजदूत र्‍याण्डी बेरीको कार्यकाल सकिन लागेकाले उनको ठाउँमा थम्पसनलाई पठाउन लागिएको हो।

थम्पसन हाल अमेरिकाका लागि दक्षिण र मध्य एसियाली मामिला व्युरोका उपसहायक सचिव हुन्। सो क्षेत्रका देशहरुसँगको सम्बन्धबारे हेर्ने जिम्मेवारीमा रहेका थम्पसनसँग कूटनीतिक क्षेत्रमा २५ वर्षभन्दा बढी समयको अनुभव छ ।

मलेसियाको अमेरिकी दूतावासमा डेपुटी चिफ अफ मिसन, रोमानियाको अमेरिकी दूतावास, भारतको कोलकातामा कन्सुलर जनरल र श्रीलंकामा आर्थिक तथा वाणिज्य मामिला विभाग प्रमुखको रुपमा काम गरेको अनुभव उनीसँग छ।