भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाको ५३ प्रतिशत काम सिकयाे
सुर्खेत – राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाको ५३ प्रतिशत काम सकिएको छ । बाह्रै महिना सिँचाई सुविधा पुर्याउने र विद्युत् उत्पादन गर्ने लक्ष्य लिएर आर्थिक वर्ष २०७१/०७२ बाट डाइभर्सन आयोजनाको निर्माण कार्य शुरु गरिएको हो ।
आयोजनान्तर्गत नेपालमा पहिलो पटक टनेल बोरिङ्ग मेसिन (टिविएम) मार्फत लक्ष्य अगावै सुरुङ ब्रेक थ्रु गरिएको थियो । हाल दोस्रो चरणमा बाँध तथा पावरहाउस निर्माणको काम भइरहेको भेरी बबई डाइभर्सन बहुउदेश्यीय आयोजना सुर्खेतका सिनियर डिभिजनल ईन्जिनियर लेखनाथ सुवेदीले जानकारी दिए ।
उनकाअनुसार भेरी नदी किनार चिप्लेमा हेडवर्कस (बाँध), सर्ज, साफ्ट, पेनस्टक, पावरहावस, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल निर्माणको काम भइरहेको छ । आर्थिक वर्ष २०७९/०८० मा आयोजना निर्माण सक्ने लक्ष्य जलस्रोत तथा सिँचाई विभागको छ ।







परिवर्तन संवाददाता
१६ चैत्र २०७८, बुधबार २१:१०