गठबन्धनकै सहयोगमा प्रधानमन्त्री बनेको हुँ, एक्लै अघि बढ्दिनँ : देउवा

काठमाडौं – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन अझै एकताबद्ध भएर जाने बताएका छन्।
रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै देउवाले भने, ‘म गठबन्धनकै सहयोगमा प्रधानमन्त्री बनेको हुँ। आगामी चुनावमा पनि एकताबाद्ध भएर अगाडि बढ्छौँ।’
पार्टीले गठबन्धनलाई सँगै लाने निर्णय गरेकाले कुनै समस्या नभएको प्रष्ट पारे। देउवाले भने, ‘पार्टीले गठबन्धनलाई आगामी निर्वाचनसम्म लाने निर्णय गरिसकेको छ। हाम्रो पार्टी गठबन्धनको विपक्षमा छैन। अब गठबन्धन थप सुदृढ भएको छ।’ गठबन्धनमा अहिले कुनै समस्या नभएको दाबी गर्दै उनले कहीँ कतै केही समस्या निम्तिए पनि समाधान गरेर अघि बढ्ने उद्घोष गरे।







परिवर्तन संवाददाता
१७ चैत्र २०७८, बिहीबार १५:२६