Loading... आजः २०८३ बैशाख ७, सोमबार

वर्तमान सरकारबाट निराशता छाएको एमाले अध्यक्ष ; ओलिको दावि

सुर्खेत – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारबाट निराशता छाएको दावी गरेका छन् ।

पार्टी प्रवेश तथा चुनावी सभामा सहभागी हुन् जुम्ला र कालिकोट जाने क्रममा दैलेखको दुल्लुमा एमाले दैलेखले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफ्नो सरकारले ग्रामीण भेगको विकासका लागि २ सय १० वटा बाटाहरू शिलान्यास गरेको भए पनि अहिलेको सरकारको काम गर्ने क्षमता नहुँता कटौती गरेको बताए।

उनले भने, ‘अहिलेको सरकारले ढंग नभएर, क्षमता नभएर, काम गर्ने सामर्थ्य नभएर कतिपय आयोजनाहरू काटेको छ, चुनाव पछि एमालेले अहिलेको सरकारले काटेका विकासे योजनालाई अघि बढाउँछ, स्थानीय तहका मुकामसम्म पुग्ने सडक कालोपत्रे गर्छ।’

अध्यक्ष ओलीले आफ्नै सरकारका पालामा देशभर खरका छाना मुक्त अभियान ल्याएको बताउँदै दैलेखमा पनि धेरै नागरिकका घर खरका छाना मुक्त भएर जस्तापाता लगाइएका बताए। उनले बाँकी रहेका घरहरूमा जस्तापाता नपुगेको भए एमालेले पहल गर्ने बताए।

गठबन्धनको सरकारदेखी जनता आजित भएकाले एमालेको सरकार छिटो बन्नुपर्ने मत जनतामा रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दावी गरेका छन् । नेकपा एमाले कालिकोटले मान्ममा आयोजना गरेको आमसभामा सम्बोधन गर्दै ओलीले विगत तीन वर्ष सरकारहुँदा जनताको मन जित्ने काम गरेकाले बाँकी योजनाहरु गठबन्धनको सरकारले कटौती गरेको बताएका छन् ।

‘एमाले सरकारमाहुँदा जनमुखी काम गरेकै कारण अहिले नेपालका जनताहरु फेरि पनि छिटो एमालेको सरकार बनोस् भन्ने दृढ ईच्छा राखिरहेका छन्,’ ओलीले भने, ‘स्थानीय तहको निर्वाचनमा एमालेकै नेतृत्व हावी हुने र आगामी प्रदेश तथा प्रतिनिधि सभामा पनि एमालेकै सरकार बन्नेछ । आउने निर्वाचनमा एमालेले जितेर फेरि सरकार नेतृत्व गर्छ र नागरिकहरुका समस्याहरु समाधान गर्छ ।’ गठबन्धनले देशको हित गर्न नसक्ने भन्दै आगामी निर्वाचनमा गठबन्धनलाई पत्तासाफ बनाउने गरी लाग्न ओलीको आग्रह