Loading... आजः २०८३ जेष्ठ २४, आईतवार

टुक्रे योजना विकासको बाधक : मन्त्री रोकाया

जुम्ला : कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले टुक्रे योजना विकासको बाधक भएको बताएका छन्।

नेपाल पत्रकार महासंघ जुम्लाले आयोजना कार्यक्रममा उनले भने, ‘कर्णालीको विकासको  बाधक टुक्रे योजना हुन्। जुनसुकै व्यक्ति, परिवार, समुदाय  भए पनि  देशको  समृद्धिको लागि दीर्घकालीन  योजना आवश्यक छ।’

मन्त्री रोकयाले  खुसी नेपाल र समृद्ध नेपालीको नारा पूरा गर्न जुम्लालगायत समग्र  कर्णाली विकासका लागि  पत्रकारले कडा रूपमा कलम चलाउन अनुरोध गरे।

एक दुइलाख जस्ता टुक्रे योजनाले  उपभोक्ता समिति पालिने तर विकास दिगो नहुने उनले दाबी गरे। यसको अन्त्य गर्नका लागि कर्णाली  प्रदेश सरकार लागिपरेको उनले बताए।

मन्त्री रोकायाले आफू जुम्लाबासी भएका नाताले यसअघिका अधुरा रहका विकास निर्माण काम गर्ने बताए। उनले आफ्नो कार्यकालमा नागमा गमगडी राजमार्गलाई प्रथामिकता साथ  अगाडि बढाइने  बताए।