Loading... आजः २०८१ बैशाख १३, बिहीबार

कोरोना संक्रमित महिलाले सुरक्षित रुपमा जन्माइन् बच्चा

कपिलवस्तु : कपिलवस्तुमा एक कोरोना संक्रमित महिलाले सुरक्षित रुपमा बच्चा जन्माएकी छन् ।

बुटवलस्थित लुम्विनी प्रादेशिक अस्पतालमा उनले शुक्रबार शल्यक्रियापछि बच्चा जन्माएकी हुन् । कपिलवस्तु नगरपालिका–२ की ३० वर्षीया महिलाबाट जन्मिएकी उनकी छोरी र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

प्रादेशिक अस्पतालका डाक्टर विष्णु गौतमको नेतृत्वमा शल्यक्रिया सम्पन्न भएको अस्पतालले जनाएको छ । सुत्केरी आमा र बच्चाको कोरोना जाँच रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले उनलाई डिस्चार्ज गर्ने जनाएको छ ।

लुम्विनी प्रादेशिक अस्पतालमा तीन जना कोरोना संक्रमित गर्भवती महिलाहरुको सफल शल्यक्रिया सम्पन्न भइसकेको छ ।