Loading... आजः २०८२ आश्विन ३०, बिहीबार

झापामा प्लाइउड उद्योगमा आगलागी, ३० लाख बराबरको क्षति

१९ मंसिर २०७७
कृष्ण शर्मा
दैलेख

झापाको विर्तामोडस्थित एउटा प्लाइउड उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको क्षति भएको छ ।

आज विहान ७ बजेतिर स्थानीय होमप्रसाद घिमिरेले सञ्चालन गर्दै आएको नमस्ते प्लाइ उद्योगमा विद्युत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिद्युत सर्ट भई फन्टिफेन नामक काठको मेटेरियल र सिलिङ चेम्बरमा आगलागी भएको र ती मेसिन कामै नलाग्ने गरी जलेको बताइएको छ ।

प्रहरी र स्थानीयको सहयोगमा विर्तामोड, भद्रपुर र दमकका दमकलले लगभग ४ घण्टामा आगो नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।