जाजरकोट पुन्मामा तरुणदलको महाधिवेशन सम्पन्न
१९ मंसिर २०७७
कृष्ण शर्मा,दैलेख
जाजरकोट,शुक्रबार । भेरी नगरपालिका ७ पुन्मामा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुणदल को वडा कमिटी १४ औँ महाधिवेन सम्पन्न भएको छ । विनायक शाहीको अध्यक्षतामा २५ सदस्यीय समिती निर्माण गरिएको छ । नेपाल तरुन्दलका पुर्व अध्यक्ष भरत चन्दले सम्पुर्ण जिम्मेवारी हस्तान्तरण गर्दै भने, ‘नेपाली राजनिती उथलपुथल भएको छ ।’ युवाको भविष्य डामाडोल भईरहेको अवस्थामा अब नयाँ युवाले जिम्मेवारी लिई गाउँ, टोल, र सिंगो राष्ट्र निर्माण गर्नमा एकजुट हुनुपर्ने कुरामा जोड गरे ।
अध्यक्ष विनायक शाही, उपाध्यक्ष विबश शाही, सचिव हेमन्त थापा, सह सचिव रत्नबहादुर वादी, कोषाध्यक्ष ललिता थापा लगायतको २५ नवनिवार्चित सदस्यलाई नयाँ समिती निमार्ण गरिएको छ । कार्यक्रममा नेपाल तरुन्दलका जिल्ला सद्स्य तिलक चन्द, गोरख चन्द, वडा सभापति लक्ष्मण शाही, नेपाली कंग्रेसका नेता दिप बहादुर शाही लगाएतका नेताहरु उपस्थित रहेको थियो ।
परिवर्तन संवाददाता
१९ मंसिर २०७७, शुक्रबार १६:३७