Loading... आजः २०८१ जेष्ठ ४, शुक्रबार

हालसम्म २९ हजार ३ सय ३ उम्मेदवार निर्वाचित; निर्वाचन आयोग

 

निर्वाचन आयोगले हालसम्म २९ हजार ३ सय ३ उम्मेदवार निर्वाचित भएको जनाएको छ । बिहीबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले ५ सय ७० स्थानीय तहको मतगणना सकिएको जानकारी दिएका छन् ।

हालसम्म प्रमुखमा १ सय ७४ जना, उपप्रमुखमा १ सय ७४, अध्यक्षमा ३ सय ९६, उपाध्यक्षमा ३ सय ९६ वडाध्यक्षमा ५ हजार ६ सय ५९ महिला सदस्य ५ हजार ६ सय ५३ दलित महिला सदस्य ५ हजार ६ सय ५६ जना  र वडा सदस्य १ हजार २ सय ९५ जना निर्वाचित भएका छन् ।