Loading... आजः २०८२ माघ १७, शुक्रबार

थप १ हजार २ सय ७२ जनामा कोरोना संक्रमण

१९ मंसिर २०७७
कृष्ण शर्मा
दैलेख

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाकै कारण नेपालमा मृत्यु हुनेहरूको कुल संख्या १५ सय ६७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशका विभिन्‍न प्रयोगशालाहरूमा गरिएको पिसिआर परीक्षणमा थप १२ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म नेपालमा कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ। सक्रिय संक्रमितको संख्या भने १५ हजार ४ सय ४७ छ।

त्यस्तै, त्यसै अवधिमा थप १५ सय ७५ जना कोरोना संक्रमणबाट निको भएर पूर्ण स्वास्थ्य बनेको पनि मन्त्रालयले जनाएको छ। कोरोनामुक्त हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ पुगेको छ। हालसम्म पिसिआर परीक्षणको संख्या १७ लाख ७१ हजार ९ सय ५० पुगेको पनि मन्त्रालयले जनाएको छ।