निजगढ विमानस्थल बनाउन पाँच सर्तसहित सर्वोच्चको फैसला

काठमाडाैं : बारामा निर्माणाधीन विमानस्थल रोक्न सर्वोच्च अदालतले गत जेठ १२ गते गरेको फैसलाको पूर्ण पाठ सार्वजनिक भएको छ।
पाठमा यसअघि भनिए जस्तो विमानस्थल बनाउन निषेध गरिएको नभएर पाँच वटा सर्त पूरा गरेर मात्रै परियोजना अघि बढाउन भनिएको छ।
ती पाँच वटा सर्तमा वन क्षेत्र जोगाउन प्राथमिकता दिनुपर्ने, विमानस्थल पूर्वाधार बनाउँदा न्यूनतम वन क्षेत्र उपयोग गर्नुपर्ने, वन्यजन्तुलाई असर पुर्याउन नहुने, रुख बिरुवा रोप्नुपर्ने र वन क्षेत्रमा एयरपोर्ट सिटी बनाउन नपाइनेसहित छन्।
सर्वोच्चको फैसलाले निजगढ विमानस्थल रोकिने चिन्ता भइरहेका बेला सरकारलाई पाँच सर्त पूरा गर्दै काम अघि बढाउन बाटो पनि खुलेको छ। थाहा खबर बाट







परिवर्तन संवाददाता
१५ असार २०७९, बुधबार १९:४९