जिप दुर्घटनामा चालकको मृत्यु

सुर्खेत –डोल्पा ठुलिभेरी नगरपालिका ९ डाँगीबाडामा जिप दुर्घटना हुँदा चालककाे मृत्यु भएको छ।
सुपानीबाट दुनै जाँदै गरेको भे १ च १६११ नम्वरको जिप दुर्घटना हुँदा चालक पूर्णबहादुर डाँगीको मृत्यु भएको हो।
जिप आज बिहान ५ बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी ५० मिटर तल खसेको हो। थाहा खबर बाट







परिवर्तन संवाददाता
१७ असार २०७९, शुक्रबार १६:११