अमेरीकाबाट ब्रेनट्युमर पिडितलाई आर्थिक सहयोग
यामराज कटुवाल, दैलेख
अमेरीकामा बस्दै आएका नेपालीले ब्रेनट्युमर पिडितलाई उपचारको लागि आर्थिक सहयोग गरेका छन ।
दैलेखको नारायण नगरपालिका बडा न. ४ का बे्रनटयुमर पिडित २७ बर्षिया गोपाल थापालाई शनिबार समाजसेवी टेक बहादुर कटुवालको समन्वयमा अमेरीकामा बस्दै आएका नेपालीले आर्थिक सहयोग जुटायपछि ना.न.पा. वडा न. ४ का वडाध्यक्ष चन्द्र बहादुर कटुवालले सहयोग हस्तान्त्रण गरेका हुन ।दैलेखको नारायण नगरपालिका वडा न. ४ हस्तबिर थापा र कलदेबी थापाका २७ छोरा गोपाल थापालाई गत फागुनमा बे्रनटयुमर देखियो “आर्थिक बिपन्नताका कारण तत्काल उपचार गर्न सकियको छैन ।पिडितका भान्जा कर्ण बहादुर रानाले गोपाल थापाको उपचार गर्नका लागि सबै पक्ष संग सहयोगको आशा गरेको छाै ।” पिडितका भान्जा कर्ण बहादुर रानाले बताए ।
हाल सम्म थाकाे दुई पटक अप्रेसन भई उपचार भैरहेको भान्जा कर्णले जानकारी दिएका छन ।
नारयण नगरपालिका वडा न. ५ का समाजसेवी टेक बहादुर कटुवालले ब्रेनट्युमर पिडित गोपाल थापालाई आर्थिक अभाब भएको थाहा पाएपछि उनले सहयोगका लागि अमेरीकामा बस्दै आएका प्रेम बोगटि मार्फत सहयोगका लागि समन्वय गरे । त्याहा रहेका नेपालिले ५६७५५ नेपाली रुपैया संकलन गरिपठाएको पे्रम बहादुर बोगटिले बताए ।
ब्रेन टयुमर जस्तो गम्भीर रोगको उपचारमा लाग्ने खर्च धेरै हुने र यस्तो बेला चरम आर्थिक अभाब हुने भएकाले समाजमा रहेका सबै क्षेत्रले रोगबाट पिडित भएकाहरुलाई सक्दो सहायोग गर्नुपर्ने समाजसेबि टेक बहादुर कटुवालले बताए ।
देशका बिभिन्न क्षेत्रबाट अमेरीकामा रहेका नेपालिले आर्थिक सहयोग गरेका त्याँहा रहेका प्रेम वोगटिले जानकारि दिएका छन । ब्रेन टयुमर पिडित गोपाल थापाको उपचार सहयोगका लागि अमेरीकामा रहेका प्रेम बहादुर बोगटि दैलेख,सुरेन्द्र,सुप्रिना मगर, भिम भुसाल, रोहित भुसाल, तारा खत्री, रोजिना बोगटी, प्रकाश बस्नेत, सन्तोस बोगटी, प्रमोद कुमार पाण्डे, पबन सिमखडा, किरण पोखरेल, मन्दिरा थापा, माधब खनाल, नबिन गुरुङ्ग र भुमिजंग थापाले ५६७५५ रुपैया संकलन गरि आर्थिक सहयोग गरेका प्रेम बोगटीले जानकारि दिए ।
त्यसतै पिडित थापाको उपचार सहयोगकोलागी ंटेकराज सोनीको संयोजकत्वमा दुबैमा रोजगारीमा रहेका नेपालीहरुबाट रु २२३०० संकलन गरी सहयोग गरेको पिडितको उपचारमा संलग्न रहका कर्णबहादुर रानाले बताए ।
नारायण नगरपालिका वडा न. ४ का वडाध्यक्ष चन्द्र बहादुर कटुवालले रुपैया हस्तान्त्रण गर्दै रोग बाट पिडितको उपचारमा लाग्नु पर्ने भएकाले परीवारका सदस्यले रोजगार पनि गर्न नपाउने र उपचारमा खर्च धेरै हुने भएकाले समाजमा सहयोगी भाबना भएकाहरु बाट सहयोग गर्न आग्रह गर्दै आफ्रनो कमाईको सानो अंशले कसैको जिबनदान हुने भएकाले सबै सहयोगी मनहरुलाई गोपाल थापाको उपचार सहयोग गर्न आग्रह गर्दै अमेरीकामा रहेका सहयोगिहरुलाई धन्यबाद ब्यक्त गरेका थिए ।







परिवर्तन संवाददाता
१८ असार २०७९, शनिबार २१:१२