सुर्खेतका निरक नेपालि कालिकोटमा मृत फेला

सुर्खेत – जिल्लाको विरेन्द्रनगर नगरपालिका वडा नंम्बर १ तिनकुने निवासी वर्ष ३७ का निरक नेपाली मृत फेला परेका छन ।
पेसाले सवारी चालक रहेका उनि कामकै सिलसिलामा विहिबार साँझ कालिकोट गएका थिए ।
जिल्लाको तिलागुफा नगरपालिका ६ गाल्जे स्थित एक होटेलमा सवारी धनि विरेन्द्रनगर नगरपालिका वडा नंम्बर १ गैरी गाउँका जयलाल नेपालि संगै वाँस बसेका उनि शुक्रबार विहान होटेल देखी करिब ५० मिटर तल मृत अवस्थामा फेला परेको हुन ।
हाल उनको शव जिल्ला अस्पताल कालिकोटमा राखिएको छ ।
आफन्तहरुले हत्या आसंकारहेको भन्दै छानविन गरी दोषि पत्ता नलगाए सम्म पोष्टमार्टम गर्न नदिने बताएका छन ।
सम्बन्धित निकायले घटनाको सत्य तथ्य छानविन मा तदारुकता नदेखाए संघर्षका कार्यक्रम जाने चेतावनि समेत दिईएका छन ।
(यस सम्बन्धमा परिवर्तन सम्बाददाता ले जानकारी लिन खोज्दा प्रहरीकार्यालयमा सम्पर्क हुन सकेको छैन)







परिवर्तन संवाददाता
२५ असार २०७९, शनिबार २०:४४