Loading... आजः २०८१ बैशाख १९, बुधबार

मुगु जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा मल्ल

मुगु – मुगु जिल्ला अस्पताल विकास समितिको अध्यक्ष पदमा गजेन्द्रबहादुर मल्ल मनोनयन भएका छन् ।कर्णाली प्रदेश स्वास्थ्य ऐन २०७८ को दफा १३ को उपदफा २ अन्तर्गत खण्ड क बमोजिम सामाजिक विकास मन्त्रालयले मल्ललाई चार वर्षका लागि मुगु अस्पताल विकास समितिको अध्यक्ष पदमा मनोनय गरेको हो ।

डेढ वर्षसम्म रिक्त रहेको उक्त अध्यक्ष पद बल्ल प्रदेश सामाजिक मन्त्रालयले पदपूर्ति गरेको छ । पारसमणि मल्लको अवधि सकिएपछि डेढ वर्षसम्म समिति पदाधिकारी बिहीन अवस्थामा थियो ।

लामो समयदेखि अस्पताल विकास समितिमा अध्यक्ष नहुँदा प्रभावित रोकिएका काम अब नियमित रुपमा अगाडि बढ्ने जिल्ला स्वास्थ्य सेवा व्यवस्थापक उमेश गौतमले बताए ।

अस्पताल विकास समिति मनोनय भएका मल्लले आफ्नो चार वर्षे कार्यकालमा अस्पतालमा कुनै पनि कमजोर हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । कान्तिपुर दैनिक बाट