Loading... आजः २०८१ बैशाख २३, आईतवार

मन्त्रिपरिषद् बैठक दिउँसो १ बजे, चुनावको मिति घोषणा हुन सक्ने

काठमाडौं – मन्त्रिपरिषदको बैठक बस्दै छ। आज दिउँसो १ बजे बस्ने बैठकले संघ र प्रदेशको निर्वाचन मिति तोक्न सक्ने छ।

हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले  आगामी ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका छन्।

गठबन्धनको सुझाब अनुसार सरकारले आज चुनावको मिति तोक्न सक्ने एक मन्त्रीले जानकारी दिए। प्रतिनिधिसभाबाट केही विधेयक पारित गर्नु पर्ने अवस्था भएकोले मिति तोक्ने वा नतोक्ने बारेमा प्रधानमन्त्रीको निर्णयमा भर पर्ने उनको भनाइ छ।

निर्वाचन आयोगले गरेको सिफारिस अनुसारको समयसीमा कटेको दुई सातापछि सरकारले निर्वाचनको मिति घोषणाको तयारी गरेको हो। प्रधानमन्त्री देउवाले निर्वाचन घोषणाबारे प्रमुख प्रतिपक्षी दल एमाले, सभामुख र कानुनविद्लगायत सरोकारवालासँग परामर्श गरिसकेका छन्। उनले गत मंगलबार मन्त्री र सचिवलाई बोलाएर चुनावको मिति छिट्टै घोषणा हुने भन्दै तयारीमा लाग्न निर्देशन दिएका थिए।

सरकारले संसदबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पास गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ। थाहा खबर