Loading... आजः २०८२ माघ १७, शुक्रबार

सुरक्षामा खटिएका असईले १२ वर्षकी बालिकालाई जर्बजस्ति…….

२४ मंसिर २०७७
कृष्ण शर्मा

काठमाण्डौ – जनताको सेवाका लागि भन्दै सुरक्षामा खटेका एक सुरक्षाकर्मीले नै १२ वर्षकी बालिकालाई जब’रज’स्ती ग’र्ने प्रयास ग’रेको खुलेको छ ।

झापाको गौरीगञ्जमा सीमा सुरक्षामा खटिएका स’श’स्त्र प्रहरीका सहायक निरीक्षक ९असई० ले नराम्रो प्रयास गरेको आफन्तको आरोप छ ।

बालिकाका आफन्तले आरोप लगाएपछि असई सूर्य कटुवाललाई सशस्त्र प्रहरी बल २ नम्बर गण हेडक्वार्टर झापा तानिएको छ। उनीमाथि प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

गौरीगन्ज गाउँपालिका९२, कोरोबारीस्थित सीमा सुरक्षामा खटिएका कटुवालले स्थानीय १२ वर्षीया बालिकालाई आइतबार राति साढे ९ बजे घरभित्रै पसेर नराम्रो कामको प्रयास गरेको बालिकाका परिवारले दावी गरेका छन् ।

बालिकाले चि’च्या’एपछि आफन्तले थाहा पाएका थिए । त्यसपछि उनी भा’गेको परिवारको भनाई छ ।