सरकारविरुद्ध नेपाली कांग्रेस दैलेखद्धारा प्रदर्शन
२९ मंसिर २०७७
कृष्ण शर्मा
दैलेख . प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस दैलेखले सरकारको जनविरोधी कामको विरोध गर्दै सोमबार दैलेख सदरमुकाममा वृहत विरोध प्रदर्शन गरेको छ ।
वर्तमान सरकारलाई भ्रष्टचार कुशासन र अधिनाकवादीशैलीको आरोप लगाउदै कांग्रेसले दैलेखले विरोध प्रदर्शन गरेको हो। ११ ओटा स्थानीय तह रहेको दैलेखमा ग्रामीण बस्तीहरुबाट सयौंका संख्यामा आएका कांग्रेसका नेता कार्यकर्ताहरुले सर्वसत्तावाद ओली सरकार मुर्दावाद, भ्रष्टचारी सरकार मुर्दावाद भन्ने नारा लगाउँदै दैलेख बजारको परिक्रमा गर्दै स्थानिय टुडिखेलमा कोण सभाको आयोजना गरेको थियो ।
नेपाली कांग्रेसदैलेखका पुर्व पार्टि शभापति एवम पुर्व स्थानिय विकास राज्थ्यमन्त्री गणेश खडकाको प्रमुख आतिथ्य तथा नेपालि कांग्रेस दैलेखका उप शभापति रिता शाहिको सभापतित्वमा विरोध सभा गरेको हो ।
विरोध शभाका प्रमुख अतिथि एवम पुर्व पार्टि शभापति एवम पुर्व स्थानिय विकास राज्यमन्त्री खडका ले तानाशाहा र हिटलर प्रवृत्ति अपनाएर अधिनायकवादी तरिकाले ओली सरकार अगाडि बढ्दा देशमा दिनप्रतिदिन महिला हिंसा बलात्कार भ्रष्टचारका घटना बढ्दै जानुका साथै ओलीको केन्द्रिय सर्वसत्तावाद अधिनायकवादी शैलीको सिको गरेर स्थानीय तहमा रहेका नेकपाका छोटे भ्रष्टचारी राजाहरुले पनि नियम कानूनलाईसमेत मिचेर भ्रष्टचार गरिरहेको अतिथि शाहि दाबी गरेका थिए ।
उक्त विरोधशभा लाई पूर्वसांसद रंग बहादुर शाहि कर्णाली प्रदेश सांसद हिम बहादुर शाहि कांग्रेस नेता जगत जंग थापा लगाईत पार्टिबाट निर्वाचित प्रतिनिहरुले समेत आ‐आफ्नो धाराण राख्दै ओलि सरकार नेपाली जनताको अथकआन्दोलनबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक साशन व्यवस्थालाई स्थागत गर्नुको सट्टा भ्रष्टचार कुशासन अधिनायकवादी शैली अपनाउदै दमनकारी नीति अख्तियार गर्दै अगाडि बढिरहेको आरोप लगाएका छन ।
सरकारले कोरोना महामारीमा पनि जनताको जिउ धन जोगाउन नसकेको, भ्रष्टारमा लिप्त भएको, संसदलाई बन्दी बनाएको, सर्वसत्तावादीको बाटोमा गएकोलगायत आरोप लगाउँदै नेपाली कांग्रेसले सोमबार ७७ वटै जिल्लामा प्रदर्शन गरेको हो।









परिवर्तन संवाददाता
२९ मंसिर २०७७, सोमबार १८:४९