Loading... आजः २०८१ बैशाख २३, आईतवार

विस्तापित हुने चिन्तामा ; बेतन कर्णाली जलविद्युत आयोजना प्रभावित क्षेत्रका वासिन्दा

सुर्खेत – अर्धजलासययुक्त बेतन कर्णाली जलविद्युत आयोजना प्रभावित क्षेत्रका वासिन्दाले विस्तापित हुनु पर्ने हो की भन्ने चिन्तामा रहेकोको बताएका छन् ।

बुधवार सुर्खेतको चौकुने गाउँपालिका ६ मा आयोजित प्रभावित क्षेत्रमा आयोजनाले पार्न सक्ने वातावरणीय प्रभाव मूल्याङ्कन ९ईआइए० प्रतिवेदनमाथीको सार्वजनिक सुनुवाईमा स्थानीयले ऐलानी जग्गाकै कारण अधिकांश घर परिवार विस्थापित हुनुपर्ने बाध्ययता रहेको बताएका हुन् ।

चौकुने ६ का टेकेन्द्र बुढाले धेरै जसो परिवारसँग दर्ता जग्गा नभएकाले मुआब्जाबाट बञ्चित हुनुपर्ने अवस्था आएको उल्लेख गरे ।”

आयोजनाले पार्नसक्ने असरलाई कम गर्दै स्थानीय शेयरमा बढवा र रोजगारी सिर्जना गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन् ।

आयोजना अन्तर्गत सुर्खेतको चौकुने गाउँपालिका वडानं। ६ र पञ्चपुरी नगरपालिका वडा नं। ७ मा ४०० रोपनी जग्गा अधिग्रहणा हुनेछ । भने अछामतर्फ १८४४ रोपनी अधिग्रहण गर्नुपर्नेछ ।

कर्मचारी सञ्चयकर्ताको मुख्य लगानीमा बन्न लागेको बेतन कर्णाली जलविद्युत आयोजना ९४३९ मेगावाट० को वातावरणीय प्रभावसम्बन्धी अध्ययनको कार्य सम्पन्न भएको छ ।

बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरी स्थानीय बासिन्दाहरुको बुझेको हो । एनइए इन्जिनियरिङ कम्पनी लिमिटेडले तयार गरेको अध्ययन प्रतिवेदनलाई आयोजना प्रभावित क्षेत्र अन्तर्गतका चार स्थानमा सार्वजनिक गरिएको थियो ।

ईआइए अध्ययन टोलीले अछामको ढकारी गाउँपालिका ६ ओमगाउँ, तुर्माखाँद गाउँपालिका ४ मा यसअघि नै सार्वजनिक सुनुवाई सम्पन्न गरि सकेको छ ।