Loading... आजः २०८१ बैशाख २०, बिहीबार

जीवनको सवै पक्षलाई छुने संस्कृती नै शिक्षा हो ; मन्त्री शाही

दैलेख – कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले विश्व मानवजिवनको
सर्वाङ्गिण विकास तथा जीवनको सवै पक्षलाई छुने संस्कृती शिक्षा मात्र रहेको बताएका छन ।

शिक्षा क्षेत्रतहसनहस हुनुमा वालवालिका मात्र दोषी नभई , दलका प्रमुख प्रतिनिधि, निर्वाचित जनप्रतिनिधि,शिक्षक,बुद्बिजिवी ,अविभावक,नागरीक समाजका अगुवा,अनुगमन र अनुसाशनको प्रक्रिया सतप्रतिशत दोषि भएको मन्त्री हिम बहादुर शाही बताए ।

चामुण्डाबिन्द्रसैनी नगरपालिका नगर कार्यपालिकाको कार्यालय अन्तरगर्रत शिक्षा युवा तथा खेलकुद शाखा दैलेखको आयोजनामा भएको शिक्षा क्षेत्रको वृहत विकास र विस्तार , चामुण्डाबिन्द्रसैनी नगरवासीको समृद्धिको आधार सम्बन्धी २ दिने कार्यशाला गोष्ठीको उदाघाटन कार्यक्रममा मन्त्री शाहीले सो कुरा बताउनु भएको भएको हो । मन्त्री शाहीले शिक्षा क्षेत्रको विकास र विस्तारमा वाधा आउनु वा खडेरी पर्नुमा ,परम्परागत मनोवृत्ती र नितिगत कमजोरी , फितलो,मोलाहिजा पूर्ण अनुसासन, परिवर्तनको चाहना नहुनु,ईमान्दारीताको सुन्यता,दृढसंकल्प र अठोटको भाव प्रकट नहुनु ,निरन्तर उपहासमा जानु,शिक्षा क्षेत्रमा दलिय स्वार्थ र हस्तक्षेपको प्रवेश गर्नुनै मुख्य कारक तत्व बनेको बताए ।

मन्त्रि शाहिले भने “आज शिक्षा विनाको मानव सम्प्रदाय अघि बढ्न सक्दैन भनेर विश्व चिन्तित छ तर हामी शिक्षा क्षेत्रलाइ किनारा लगायर वेवास्ताको खालमा राखेका छौं,देशका ८०–८५ प्रतिशत भन्दा बढि वालवालिकाको भविश्य गाँसिएको विद्यालय क्षेत्रलाई सुधारमा केन्द्रित रहेर एक विशिष्टीकृत मन्दिरको रुप दिने वा नदिने” मन्त्री शाहीले प्रश्न गरे ।


यसै गरी कानुन मन्त्री शाहीले विद्यालयको साधन श्रोत,पाठ्यपुस्तकको अभाव,विद्यार्थीको लापरवाहीको कारण भनेर जनतालाई जवाफ दिने कुरामा सरोकारवालाले मौनता साँधेर केही समय टाल्न सकिएला तर त्यसको मुल्य इतिहासले अवश्य खोज्दा आज शिक्षा क्षेत्रको विकास र गतिशिलतालाई मात्र जिम्मेवारी र जवाफदेहिताको आधारभुत आवश्यकताको खाँचो रहेको औँलाउनु भयो ।
कार्यशाला गोष्ठीमा जनज्योती मावि सुर्खेतका प्रधानाध्यापक नारायण सिग्देलले चाहाना भए बहाना बनाउनु पर्दैन , चाहाना राख्नुहोु बहाना आफै भाग्ने बताए ।

प्रधानाध्यापक सिग्देलले १८ वर्ष भन्दा माथिकालाई बाआमाको कमाई खाने हैन , आफै कमाएर खाने खालको शिक्षा बनाउनु पर्नेमा जोड दिनुभयो ।  कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका पुर्व रजिस्टार उपप्रध्यापक महेन्द्र कुमार मल्लले देशमा अहिले पनि शिक्षालाई सार्वजनिकरण गर्न नसकियको बताए।

चामुण्डा विन्द्रासैनी नगरपालिकाका नगर प्रमुख गणेश कुमार शाहीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाही रहेका थिय।

कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका पुर्व रजिस्टार डा. महेन्द्र मल्ल , शिक्षा क्याम्पस सुर्खेतका पुर्व क्याम्पस प्रमुख भुपेन्द्र शाही , जनज्योती मावि बड्डीचौर सुर्खेतका प्रधानाध्यापक नारायण सिग्देल , चामुण्डा माविका पुर्व प्रअ जय प्रसाद तिमिलसेना लगायत यस नगरपालिका अन्तरगतका सम्पुर्ण विद्यालयका प्रद्यानाअध्यापकहरुको सहभागिता रहेको छ ।

दुइ दन सम्म चल्ने कार्यशाला गोष्ठी कार्यक्रमले शिक्षा क्षेत्रको विकासका लागि घेषाणा पत्र जारी गर्ने छ । कार्यक्रम आज शुक्रबार सम्म संचालन हुनेछ ।कार्यक्रममा नगर प्रमुख गणेश कुमार शाहीले शिक्षा क्षेत्रको विकासको लागि पुर्ण वफादार रहेको बताए ।

प्रमुख शाहीले राम्रो गर्ने शिक्षकलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्ड जरिवाना गिरने बताउनु भयो ।दिगो विकसका लागि पूर्वाधार शिक्षा स्वास्थ्य कृषि रोजगार समृद्ध नगर निर्माणाको मुल आधार को नारालाई पुरा गरिने प्रतिवद्धता समेत जनाएको खवर कानुन मन्त्रि शाहिका सञ्चार विज्ञ निरक शाहिले जानकारी दिएका हुन ।