Loading... आजः २०८१ बैशाख २३, आईतवार

वीरेन्द्रनगरमा  मोटरसाइकलको ठक्करबाट महिलाको मृत्युपछि आन्दोलन

सुर्खेत-  जिल्लाको वीरेन्द्रनगरमा शुक्रबार मोटरसाइकलको ठक्करबाट महिलाको मृत्युपछि आन्दोलन गरिएको छ। महिलाका आफन्तहरुले शनिबार दिउँसो आन्दोलन गर्दै यातायातका साधनहरु बन्द गराएका थिए।आफन्तहरुले पीडकलाई कारबाही र उचित क्षतीपूर्तीको माग गर्दै आन्दोलनमा उत्रिएका हुन।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी सुरज कार्कीले आफ्न्तहरुले आफ्नो माग पुरा गरिपाउँ भन्नका लागि आन्दोलन गरेको बताए।

उनले भने, ‘उहाँहरुले यातायात बन्द गर्ने खोज्नु भएको थियो, प्रहरीले दुई जनालाई पक्राउ समेत गरेको थियो, दुबै जनालाई सम्झाएर छोडिसकेका छौंँ । सवारी साधन पनि चलेका छन्, त्यस्तो कुनै समस्या छैन्।’

शुक्रबार दिउँसो तीन बजेको समयमा रत्न रनजमार्ग अन्तर्गत वीरेन्द्रनगरको बुदबुदीचौक नजिक बाटो काट्ने क्रममा लु ८५ प ५१६६ नम्बरको मोटरसाइकले महिलाले ठक्कर दिएको थियो।

उक्त मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगर–१०, घर भएकी ४३ वर्षीया बालकुमारी नेपाली घाइते भएकी थिइन्। उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको थियो।

प्रहरीले मोटरसाइकल चालक सुर्खेतकै भेरिगंगा नगरपालिका–११ का २० वर्षीया बिनोद खड्कालाई पक्राउ गरि आवश्यक कारवाही अगाडी बढाएको जनाएको छ।