Loading... आजः २०८३ बैशाख ६, आईतवार

संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन ; उपसभापति खड्का

 

सुर्खेत – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तागठबन्धन संविधान र लोकतन्त्रको रक्षा गर्नका लागि बनेको बताएका छन ।

संविधान माथिको प्रहार, संविधानको रक्षा, स्थिरता र नवीनतम अभियानलाई स्थापित गर्न गठबन्धनको विजय आवश्यक रहेको बताए। खड्काले छोटो समयमा भए पनि गठबन्धनको सरकारले नवीनतम कार्य गरेकोे बताए ।

खड्काले अहिलेसम्म आफू राष्ट्रिय राजनीतिमा समन्वयकारी भूमिका निर्वाह गरिरहेको बताएका छन ।

खड्काले विगतमा निर्वाचित जनप्रतिनिधिले अघि बढाएका अभियानलाई पूर्णता दिने कुरा सुर्खेतको हकमा पहिलो प्राथमिकता रहने समेत बताए।

विगतमा भएका सबै खाले उतारचढाव र घटनाको स्मरण गर्दै लोकतन्त्र र संविधानको रक्षाका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार लिएर चुनावमा गएको उल्लेख गर्दैै आसन्न मङ्सिर ४ गते गठबन्धनका उम्मेदवारलाई भोट दिन आग्रह गरेका छन ।

सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहनुभएका खड्का चुनावी अभियानका लागि गृह जिल्ला आएका हुन ।

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही, गठबन्धनबाट आसन्न निर्वाचनमा उम्मेदवार बनेका माओवादीका कृष्ण जिसी, कांग्रेसका कालीप्रसाद शाक्यलगायत नेता तथा कार्यकर्ता खड्कालाई स्वागत गर्न विमानस्थल पुगेका थिय। नेता खड्काले जिल्लास्थित निर्वाचन क्षेत्र लक्षित चुनावी सभालाई सम्बोधन गर्ने बताइएको छ ।

गोरखापत्र अनलाईन बाट