Loading... आजः २०८३ बैशाख ६, आईतवार

दैलेखमा करेन्ट लागेर एक बालिकाको मृत्यु

दैलेख – करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ ।

गुराँस गाउँपालिका वडा नम्बर ४ निवासि १३ वर्षीया दीपिका नेपालीको मृत्यु भएको हो। सडकमा लत्रिएको विद्युतको तारबाट करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीका अनुसार गुराँग गाउँपालिका–२ को गयलसेना स्थित बाटोमा लत्रिएको तारबाट उनलाई करेन्ट लागेको थियो ।

बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दैलेखमा लगिएको  प्रहरी स्रोतको भनाई रहेको छ ।