Loading... आजः २०८३ बैशाख ७, सोमबार

प्रधानमन्त्री देउवासहित गठबन्धनका र्शीष नेता सुर्खेतमा

सुर्खेत – सत्तारुढ गठबन्धन दलका र्शीष नेताहरू आईत बार आज वीरेन्द्रनगर सुर्खेतमा मा पुगेका छन्। गठबन्धन दलले सुर्खेतमा आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्न सुर्खेत आईपपुगेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरु सुर्खेत आएका हुन्।भेला वीरेन्द्रनगर नगरपालिमा रहेको शुभ होटलमा राखिएको छ।

भेलामा कर्णाली प्रदेशका १० जिल्ला गठबन्धनबाट प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि ३६ वटै निर्वाचन क्षेत्रका उम्मेदवार समेत सहभागी हुने छन्।