आर्थिक समृद्धिका लागि मंसिर ४ को निर्वाचन ऐतिहासिक ; उपसभापति खड्का

सुर्खेत – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधानको रक्षा र मुलुकको आर्थिक समृद्धिका लागि मंसिर ४ को निर्वाचन एतिहासिक भएको बताएका छन् ।
संविधान संशोधनमार्फत जनताका हक अधिकारलाई स्थापित गर्न र अधुरा विकास योजनाहरूलाई सम्पन्न गर्न तथा रोजगारी सृजना हुने ठूला विकास योजना सन्चालन गर्न गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।
विहिबार आज सुर्खेत क्षेत्र नं १ का मतदाता भेटघाट कार्यक्रमहरूलाई सम्वोधन गर्दै उपसभापति खड्काले मंसिर ४ को निर्वाचनपछि मुलुकको राजनीति कता जान्छ भन्ने निक्यौल गर्ने बताए ।
उनले ७० वर्षको नेपाली जनताको संघर्षपछि जारी गरिएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पनि मतदाताले गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताए ।
उनले संविधान बाँकी कामहरूलाई पूर्णता दिनका लागि पनि लोकतान्त्रिक(बाम गठबन्धनको जीत आवश्यक रहेको बताए ।
ञसंविधानको रक्षा गर्न, शान्ति प्रक्रियाका बाँकी कामहरू पूरा गर्न र अधुरा विकास योजनालाई पूर्णता दिँदै विकासको द्रूततर विकासका लागि लोकतान्त्रिक(बाम गठबन्धन बनेको हो,झ प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका खड्काले भने ।
उपसभापति खड्काले मंसिर ४ को निर्वाचन केवल हार र जीतसँग मात्रै नजोडिएको बताउँदै संविधानको रक्षा, शान्ति प्रक्रियाका बाँकी कामहरू पूरा गर्न संविधान संशोधनमार्फत सबै क्षेत्र, लिङ्ग, वर्ग, धर्म र समुदायको अधिकार स्थापित गर्न र मुलुकको आर्थिक रूपान्तरणसँग पनि जोडिएको छ । छिन्चु(घारीवन(बाल्चे(सल्यान जोड्ने सडकलाई पाँच वर्षभित्र कालोपत्रे गर्ने घोषणा गरे । –नगेन्द्र उपाध्याय ,







परिवर्तन संवाददाता
३ कार्तिक २०७९, बिहीबार १५:०२