Loading... आजः २०८१ बैशाख ७, शुक्रबार

दैलेखमा ओलीविरुद्ध प्रदर्शन ,सांसद थापाद्धरा सम्बोधन

६ पुष २०७७
कृष्णा शर्मा

दैलेख सदरमुकाममा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सडकमा प्रदर्शन गरिएको छ।

राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूहका युवा तथा विध्यार्थिहरुले प्रधानमन्त्रीको कदम राष्ट्रघाती भएको भन्दै प्रदर्शन गरेका हुन्।
ओलीविरुद्ध नाराबाजीसहित बजार परिक्रमा गरि स्थानिय देवकोटाचोकमा पुगेर कोण सभा पणिनत भएको थियो ।

कोणसभालाई नेता कर्णबहादुर बस्नेत , अम्मर बहादुर थापा अनेरा स्ववियू का संयोजक अर्जुन बुढाले सम्बोधन गरेका थिए। उनीहरुले प्रधानमन्त्री ओलीले कुु गरेको भन्दै राष्ट्रघाती कदमविरुद्ध भोलिदेखि कडा रुपमा सडकमा उत्रिने बताएका थिए।