Loading... आजः २०८२ माघ १७, शुक्रबार

चौथो दिन पनि संसद विघटनको विरुद्ध दैलेखमा मा मसाल जुलुस,

९ पुष २०७७
कृष्ण शर्मा,

दैलेख– नेकपा प्रचण्ड–माधव पक्षका युवा तथा विध्यार्थी संगठनहरुले चौथो दिन पनि दैलेखमा संयुक्त मसाल जुलुससहित प्रदर्शन गरेका छन् ।

बिहीबार साँझ दैलेखको लोकतान्त्रिक चोक र गणेश थानबाट सुरु गरि उनीहरुले मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

पार्टि एकता कायम गर ,संसद विघटनको असंबैधानिक कदम खारेज गर , प्रतिगामि चरित्र मुद्रावाद लगाइतका नारासहित बजार परिक्रमण गरि स्थानिय देबकोटा चोकमा सयौँ युवा विध्यार्थीमाझ कोण शभा समेत गरिएको छ ।

उक्त कोणशभा लाई राष्टिय युवा संघ दैलेखका जिल्ला इन्चार्ज गोपाल वि .सि. र अनेरा स्ववियूका संयोजक अर्जुन बुढाले सम्बोधन गर्दै प्रतिगमन र पार्टि भिाजनका विरुद्ध डटेर निरन्तर संघर्ष गर्ने धारण ब्यक्त गरेका छन ।