Loading... आजः २०८० मंसिर २१, बिहीबार

उद्योग व्यवसायी सङ्घ सुर्खेतको प्रथम जिल्ला अधिवेशन सम्पन्न

१७ सदस्यीय जिल्ला कार्य समिति चयन

काठमाडौं -उद्योग व्यवसायी सङ्घ सुर्खेतको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
सङ्घको वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न प्रथम जिल्ला अधिवेशनले धीरेन्द्रबहादुर शाही शाहीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो।

उक्त समितिको वरिष्ठ उपाध्यक्षमा लोकेन्द्रबहादुर थापा, वाणिज्य उपाध्यक्षमा पारस विष्ट, उद्योग उपाध्यक्षमा गोरख विक, महिला उपाध्यक्षमा चन्द्रा कार्की र महासचिव खगेन्द्र पुलामी मगर निर्वाचित भएका हुन्।

त्यस्तै, सचिव नरबहादुर विक, कोषाध्यक्ष अनिल शाही तथा सदस्य तेजबहादुर सिंह, जङ्गबहादुर बिसी, प्रेमबहादुर श्रेष्ठ, दीपेन्द्र गैरे, खिमबहादुर वली, ललित सुनार, जनक विष्ट, पदमा देउवा र बेलमती नेपाली निर्वाचित भएको अध्यक्ष शाहीले बताए।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई बधाई ज्ञापन गर्दै वाणिज्य क्षेत्रबाट नागरिकलाई सर्वसुलभ सेवा प्रदान गर्न तथा कर्णालीको अर्थतन्त्रलाई सघाउने खालको योजना अगाडि बढाउन आग्रह गरे। नेपालगाथा बाट