Loading... आजः २०८१ बैशाख १९, बुधबार

कर्णालीमा तेस्रोपटक विश्वासको मत लिदै मुख्यमन्त्रि शर्मा

सुर्खेत -कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मङ्गलबार तेस्रोपटक विश्वासको मत लिने भएका छन्।

मुख्यमन्त्री शर्माले चैत २० गते मङ्गलबार विश्वासको मत लिने पत्र प्रदेशसभा सचिवालयलाई पठाइसकेको मुख्यमन्त्रीका प्रेस विज्ञ प्रतीक इच्छुक शर्माले जानकारी दिए।

गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको एक गरी २४ जना छन्। चालीस सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ प्रदेशसभा सदस्य आवश्यक पर्छ। योसहित मुख्यमन्त्री शर्माले तीनपटक विश्वासको मत लिनेछन्।