Loading... आजः २०८१ बैशाख १९, बुधबार

कर्णालीको मुख्यमन्त्रीमा एमालेलाई समर्थन गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेश सरकार निर्माणमा एमाले उम्मेदवारलाई समर्थन गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने तयारी गरिरहेका बेला एमाले उम्मेदवारलाई समर्थन गर्न निर्देशन दिएका हुन् ।

स्रोतका अनुसार उनले माओवादी कर्णाली इञ्चार्ज कालीबहादुर मल्ललाई टेलिफोन गरी गठबन्धनमा भएको सहमतिअनुसार मुख्यमन्त्रीका एमाले उम्मेदवारलाई सहयोग र समर्थन गर्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने तयारी गरेका थिए ।

उपमहासचिव जनार्दन शर्माले कर्णालीमा माओवादीकै मुख्यमन्त्रीको निरन्तरता हुनुपर्ने भन्दै आपत्ति जनाइसकेका छन् । मुख्यमन्त्री राजकुमार शर्माले आफूले मंगलबार विश्वासको मत लिने तयारी गरिरहेको बताए ।

कर्णाली प्रदेशसभामा ४० सांसद छन् । सरकार जोगाउन मुख्यमन्त्री शर्मालाई एमालेका १० सांसद भए बहुमत पुग्छ । तर एमालेले सरकारको नेतृत्व लिने तयारी गरेको छ । प्रदेशसभामा कांग्रेसका १४, राप्रपाका १, एसका १ र स्वतन्त्रका १ सांसद छन् ।