Loading... आजः २०८१ बैशाख १७, सोमबार

एमाले नेता कँडेल कर्णालीको मुख्यमन्त्रीमा नियुक्त

सुर्खेत – कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमालेका यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले आज प्रदेश प्रमुखको कार्यालयमा कँडेललाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि कँडेलले एमाले, माओवादी र नेकपा एसका गरी कुल २३ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख परियारसमक्षक मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गरेका थिए ।

कँडेलको पक्षमा एमालेका ९, माओवादीका १३ र नेकपा एसका १ जना सांसदले समर्थन जनाएका छन् । चैत २१ गते मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले ७ दिनको समय दिएर नयाँ सरकार गठन गर्न आव्हान गरेका थिए ।

४० सदस्यीय प्रदेशसभामा सरकार बनाउन चाहिने आवश्यक संख्या २१ हो ।