Loading... आजः २०८२ जेष्ठ ७, मंगलवार

राज्यले नै मानिसहरुलाई जबरजस्ती दलित बनाएको सरोकारवालाहरुको आरोप

काठमाडौं – सरोकारवालाले राज्यले नै मानिसहरुलाई जबरजस्ती दलित बनाएको भन्दै अब दलित समुदायको शशक्तिकरणका लागि पनि राज्यले नै अगुवाइ लिनुपर्ने बताएका छन् ।

दलितका लागि दलित अभियानले दैलेखमा गरेको जागरण सभामा बोल्ने दलित समुदायका अगुवा, अधिकारकर्मी र सरोकारवालाहरुले दलित समुदायले आफ्नो अधिकार र आत्मसम्मानका लागि छुट्टै राजनीतिक शक्ति निर्माण गरेर संघर्ष गर्न आवश्यक रहेकोमा जोड दिए ।

सभामा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले राज्यले नै मानिसलाई जबरजस्ती दलित बनाएर अपराध गरेको बताए । देश, समाज दलितको आँसु, रगत बगेको टुलुटुलु हेरेर बसेकाले अब दलित आफ्नो लागि आफैँ लड्नुपर्ने अवस्था आएको बताए । दलितको अभियान गैरदलितका विरुद्ध नभएको भन्दै उनले कानून प्रतिबन्ध गरेको कर्म गर्ने छुट कसैलाई पनि नभएको बताए ।

कर्णाली प्रदेश सभा सदस्य उर्मिला विश्वकर्माले दलित समुदायको न्याय र मुक्तिका लागि पार्टी भन्दा माथि उठेर लाग्नुपर्ने परिस्थिति बनेको बताइन् । कर्णाली प्रदेशकी निवर्तमान मन्त्री समेत रहेकी सांसद विश्वकर्माले कर्मचारी तन्त्रका असहयोगका कारणले दलितको कानुन बन्न नसकेको बताए ।

कार्यक्रममा दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले विभिन्न पार्टीमा लागेका दलित अब दलित बन्न तयार हुनुपर्नेमा जोड दिए । ुहिजोसम्म अरुका लागि दलित लडे, अब दलितका लागि लड्नुपर्छ,ु उनले भने, ुदलित(दलित एक हुनुपर्छ । आफ्नो अधिकारको लागि छुट्टै शक्ति निर्माण गरेर आत्मसम्मानको अभियानमा जुट्नु आवश्यक छ ।ु

सभामा चर्चित लोक तथा दोहोरी गायिका टीका सानूले जातीय विभेद विरुद्धको अभियानमा आफूले सांगीतिक क्षेत्रबाट पहल गरिरहेको बताइन् ।