Loading... आजः २०८१ श्रावण ८, मंगलवार

भक्तबहादुर ढकाल कर्णाली प्रदेश लोकसेवा आयोगको सदस्य पदमा नियुक्त

सुर्खेत -कर्णाली प्रदेश लोकसेवा आयोगको सदस्य पदमा भक्तबहादुर ढकाल नियुक्त भएका छन् ।

कर्णाली प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा ढकाललाई प्रदेश प्रमुख तिलक परियारले सदस्य पदमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख परियारले प्रदेश लोकसेवा आयोग ऐन, २०७५ को दफा ३ को उपदफा ९४० बमोजिम सुर्खेतका ढकाललाई आज सदस्य पदमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
यसअघि सदस्य रहेका भक्तबहादुर खड्का उमेर हदले अनिवार्य अवकाशमा गएपछि उक्त पद रिक्त रहेको थियो ।