Loading... आजः २०८२ आश्विन ३०, बिहीबार

कर्णालीमा संस्थागत (निजी) विद्यालय को संख्या बृद्धि

सामुदायिक विद्यालयको सङ्ख्या गत वर्षको भन्दा यस वर्ष २३ वटाले घटेको उल्लेख

 

बैशाख ३१ , सुर्खेत ।

 कर्णाली प्रदेशमा संस्थागत (निजी) विद्यालय बृद्धि भएको पाइएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार अहिले सामुदायिक विद्यालयको सङ्ख्या तीन हजार २१० रहेका छन् । जबकि अघिल्लो वर्ष तीन हजार २३३ थिए । गत वर्षको भन्दा यस वर्ष २३ वटा घटेका छन् ।

मन्त्रालयका शैक्षिक योजना तथ्याङ्क तथा अनुसन्धान शाखाका अधिकृत आठौँ बलवीर सुनारले शिक्षा तथा मानवस्रोत विकास केन्द्रको २०८१ को फ्ल्यास रिपोर्टमा कर्णालीमा अघिल्लो वर्षको तुलनामा यस वर्ष सामुदायिक विद्यालयको सङ्ख्या २३ वटाले घटेको उल्लेख भएको जानकारी एिका छन  ।

यसै गरी संस्थागत विद्यालयको सङ्ख्या २७७ वटा पुगेको छ । अघिल्लो वर्ष २५० वटा थियो । अघिल्लो वर्षको तुलनामा संस्थागत विद्यालय २७ वटा बढेको फ्ल्यास रिपोर्टमा उल्लेख भएको उनले बताए । सामुदायिक विद्यालय केही मर्ज पनि गरिएकोले सङ्ख्या घटेको उहाँले जानकारी दिए । विद्यार्थी सङ्ख्या निकै थोरै भएका सामुदायिक विद्यालय मर्ज गर्दा विद्यालय घटेको, बस्ती विकास भएपछि अभिभावकले आफ्ना सन्तानलाई सामुदायिकभन्दा निजीमा पढाउन थालेका कारणले गर्दा सामुदायिक विद्यालय घटेको मन्त्रालयका अनुसन्धान शाखा अधिकृत सुनारले बताए  ।

यसै गरी कर्णालीमा आधारभूत तह ९कक्षा १–८० सम्मका ४० प्रतिशत विद्यार्थी संस्थागत विद्यालयमा अध्ययन गर्ने गरेका छन् । सो तहसम्म कर्णालीमा कुल तीन लाख ५४ हजार ७४० जना विद्यार्थी छन् ।

जसमध्ये ४०।२ प्रतिशत अर्थात् ५२ हजार ८८६ जना विद्यार्थी संस्थागत विद्यालयमा पढ्छन् । सामुदायिक विद्यालयमा ६० प्रतिशत अर्थात् तीन लाख एक हजार ९०४ जना अध्ययन गर्ने गरेको जानकारी दिए । मावि तह ९कक्षा ९–१२० का एक लाख २७ हजार ८३३ विद्यार्थीमध्ये सामुदायिकमा एक लाख २१ हजार ४७ जना र छ हजार ७७६ जना संस्थागतमा पढ्ने गरेका छन् ।

मावि तहसम्म संस्थागत विद्यालयमा पढाइ अङ्ग्रेजी भाषाको सुधार हुने भएकोले अभिभावकले यो तहमा बढी सामुदायिक विद्यालयमा भन्दा संस्थागत विद्यालयमा बढी भर्ना गर्ने गरेको पाइएको छ ।

यता शिक्षा विकास निर्देशनालयले पनि विद्यालय सञ्चालनको अनुमति दिने अधिकार स्थानीय तहलाई भएको र विद्यार्थी अभावमा सामुदायिक विद्यालय मर्ज हुँदै गए आगामी वर्ष पनि सामुदायिक विद्यालयको सङ्ख्या घट्दै जाने जनाएको छ ।