सामाजिक सञ्जाललाई नियमन गर्ने विधेयक संसदबाट पास गरिने मन्त्री ; गुरुङ
बैशाख ३१ ,सुर्खेत ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाललाई नियमन गर्ने विधेयक संसदबाट पास गरिने बताएका छन ।
सुर्खेतबाट दैनिक प्रकाशन हुँदै आएको युग आह्वान राष्ट्रिय दैनिकको २५ औ रजत जयन्तीको समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सामाजिक सञ्जाललाई नियमन गर्ने विधेयक संसदबाट पास गरिने बताएका हुन ।
उनले नेपालमा प्रेस स्वतन्त्रताको नाममा अराजकता बढेको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्न वर्तमान सरकार लागिपरेको बताए ।
अनलाइनका कारण साइबर क्राइम बढेको उल्लेख गर्दै सामाजिक सञ्जाल प्रयोग र अभिव्यक्ति स्वतन्त्रताका नाममा समाजमा भ्रम फैलाउन कसैलाई छुट नभएको र संविधान भन्दा ठुलो केही नहुने भन्दै सबैले देशको कानुन मान्नु पर्ने मन्त्री गुरुङले बताए ।
मन्त्री गुरुङले एक बर्षमा र २०८४ सालसम्म सम्पन्न गरिसक्ने गरी कार्यक्रम ल्याएको बताउनु बताए । उनले प्रधानमन्त्री राष्ट्रपति लगायतको नाममा ल्याइएका कार्यक्रमलाई प्राथमिकता नदिएर अध्ययन भएका कार्यक्रमलाई मात्र प्राथमिकता दिएको बताए ।
परिवर्तन संवाददाता
१ जेष्ठ २०८२, बुधबार ०६:१४