अर्थमन्त्री शाहद्धारा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत
कृष्ण शर्मा
जेठ १, सुर्खेत ।
कर्णाली प्रदेशका अर्थमन्त्री राजीव विक्रम शाहले आगामी आर्थिक वर्ष २०८२र ०८३ को बजेटका सिद्धान्त र प्राथमिकता आज प्रदेश शभा समक्ष प्रस्तुत गरेका छन ।
बुधबार बसेको प्रदेश सभा बैठकमा शाहले बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन । बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री शाहले आगामी आर्थिक वर्षको बजेटमा आयोजना छनौट र आयोजना बैक ब्यवस्थालाई थप ब्यवस्थित बनाई अनाआवश्यक ,फजुल र प्रतिफल दिन नसक्ने र वितरणमुखि कार्यमा बजेट वितरण नगरी अर्थतन्त्र निमार्णमा सहयोग पुग्ने कार्यमा बजेट केन्द्रित गर्ने बताएका छन । बाईट …………………..
बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री शाहले विकास प्रक्रियामा विपद जोखीम न्युनिकरणका उपायहरु अवलम्बन गरी विपद बाट हुनसक्ने मानविय, आर्थिक सामाजिक र पर्यावरणाीय क्षतिलाई कम गरीने कुरा बजेटका सिद्धान्त र प्राथमिकतामा समावेस गरीएको जानकारी दिए ।
बाईट …………….
अर्थमन्त्री शाहले भ्ुमिको अतिक्रमण ,खण्डिकरण र अब्यवस्थित सहरीकरण तथा जोखिम न्युनिकरण गर्दै कृषर््िायोग्य जमिनको संरक्षण र उत्पादनशिल उपयोग विस्तार गरीने बताए ।
बाईट ………..
अर्थमन्त्रि शाहले अन्यौलमा रहेको दशौँै राष्ट्रिय खेलकुद प्रतियोगितालाई आगामि आर्थिक वर्ष भित्र सम्पन्न गरीने बताए ।
विनियोजन विधेक २०८२ का प्रथामिकता माथि छलफलका क्रममा प्राप्त शुझावका आधारमा आगामि आर्थिक वर्षको बजेट तजुर््मा गर्ने विश्वास ब्यक्त गरे ।
विनियोजन विधेक २०८२ का प्रथामिकता माथिको छलफल आगामि जेठ २ गत्ते बस्ने प्रदेश शभाको दोस्रो कार्यकालको छैठौं अधिवेशनको चौथो बैठक देखि सुरुहुने छ ।
परिवर्तन संवाददाता
१ जेष्ठ २०८२, बुधबार १८:०४