नेपाली यु-१६ क्रिकेट टोलीको घोषणा
विपिन शर्माको कप्तानीमा १४ सदस्य टिम घोषणा
काठमाडौं – एसीसी यु(१६ इस्ट जोन कपको लागि नेपाली यु(१६ राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले विपिन शर्माको कप्तानीमा १४ सदस्य टिम घोषणा गरेको हो। टिमको उपकप्तानमा सूर्यान्शु कोइराला रहेका छन्।
नेपाल प्रिमियर लिग एनपीएलको इमर्जिङ खेलाडीका रूपमा उदय भएका स्पिनर शर्माले पहिलोपटक नेपाली राष्ट्रिय उमेर समूहको कप्तानी पाएका हुन्। इस्ट जोन कप यही जुन २० देखि ६ जुलाईसम्म मलेसियामा हुनेछ।
नेपालका तर्फबाट इस्ट जोन कप खेल्ने खेलाडीहरू
विपिन शर्मा (कप्तान), सुर्यान्शु कोइराला (उपकप्तान), श्रीमान बजगाई (विकेट किपर), परिमार्जन यादव (विकेट किपर), रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील बहादुर रावल,शुभम खनाल, प्रसिद्ध जैसी, जय थापा र रोशन शाही
अन्नपुर्ण बाट
परिवर्तन संवाददाता
५ असार २०८२, बिहीबार १७:१४