कर्णालीका एक–दुई स्थानमा आज भारी वर्षाको सम्भावना
पहाडी भूभागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
सुर्खेत, कृष्ण शर्मा ।
कर्णाली प्रदेशका एक–दुई स्थानमा आज भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कर्णाली प्रदेश र सुदूरपश्चिम ,लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश,कोशी प्रदेश, प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको हो । देशको उच्च–पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको छ।
बुधबार देशभर साधारणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा बाँकी भूभागका केही स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
परिवर्तन संवाददाता
१८ असार २०८२, बुधबार ०६:३३