Loading... आजः २०८१ बैशाख ७, शुक्रबार

दैलेखमा नेकपा माओवादी केन्द्र को कार्यालय उद्धघाटन

सर्वोच्चको निर्णय नेकपामाथिको कानुनी ‘कू’ कटुवाल

कृष्ण शर्मा
२७ फागुन २०७७

दैलेख . नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दैलेखले जिल्ला पार्टी कार्यालय उद्धघाटन गरेको छ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि बिहीबार माओवादी केन्द्रले पार्टी कार्यालय उद्धघाटन गरेको हो।

सर्वोच्चले साविककै पार्टी कायम गरेपश्चात् पार्टी कार्यालयविहीन बनेको माओवादी केन्द्रले जिल्लाको नारायण नगरपालिका– स्थित रामपुर डाँडाँमा पार्टी कार्यालय उद्धघाटनगरेको हो।

माओवादी केन्द्रदैलेखका नेता तथा कार्यकर्ताले पार्टी कार्यालयमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र( को बोर्डसँगै झण्डा समेत राखेका छन्। पार्टी कार्यालय सञ्चालनमा आएसँगै अब नेकपा (माओवादी केन्द्र,) दैलेखका नियमित काम कारबाही सोही कार्यालयबाट सुचारु हुने जनाइएको छ।

पार्टी कार्यालय उद्घाटन गर्दै साविक माओवादी केन्द्रका जिल्ला संयोजकप्रेम कटुवाल ले सर्वोच्च अदालतको निर्णय नेकपा माथिको कानुनी ‘कू’ भएको बताए । अनावश्यक निर्णय राजनीतिक पूर्वाग्रह र कम्युनिस्ट आन्दोलनलाई विघटनतिर लैजाने र जनताको इच्छा आकांक्षामाथि कुठाराघात गर्ने निर्णय भएको उनले टिप्पणी गरेका छन।

त्यस्तै, माओवादी केन्द्र कर्णली प्रदेश कमिटि सदस्य कर्ण बहादुर बस्नेतले पार्टी र पार्टीका जनवर्गीय संगठनहरुले कार्यालय स्थापना भएसँगै पहिलेकै नाममा पूर्ववत् रुपमै आफ्ना गतिविधि सुरु गरिसकेको बताए।
बुद्धिजिवी संगठनका केन्द्रिय सचिव एवम अधिवक्ता छवि सुवेदिले सर्वोच्चको फैसलाले एमाले र माओवादी भनेर यकिन गरिदिँदै दुवै दललाई पूर्ववत् अवस्थामा पुर्यावइदिएका कारण कानुनी रुपले माओवादी केन्द्रको नाममा फिर्ता भएको बताउदै नयाँ रणनितिका साथ अगाडि बढ्ने बताए । त्यसैगरी मगर मोर्चाका राष्ट्रियसयोजक गोपाल सलामि दलितमोर्चाका केन्द्रिय सदस्य चक्र्रलाल सोनि लगायतले पार्टिले अब जिल्लामा कार्यालय उद्धघाटन गरेसंगै माओवादी संस्थागत रुपमा अगाडि बढेको बताए।

कार्यालयमा पार्टीको बोर्ड राख्न संयोजक कटुवाल प्रदेश कमिटि सदस्य कर्ण बहादुर बस्नेत मगर राष्ट्रिय मोर्चाका गणेश सलामि बुद्धिजिवी संगठनका केन्द्रिय सचिव एवम अधिवक्त छवि सुवेदि, दलितमोर्चाका केन्द्रिय सदस्यचक्र्रलाल सोनि लगाएतका नेता तथा कार्यकर्ताहरु पुगेका थिए।

जिल्लामा कार्यालय उद्धघाटन गरे संगै फागुन ११ गत्ते सबैस्थानिय तहमा पनि कार्यालय स्थापना गर्ने निर्णय गरिएको संयोजक कटुवाले बताएका छन ।