Loading... आजः २०८२ आश्विन ३०, बिहीबार

अलपत्र अबस्थामा रहेकि सुत्केरि महिलाको उद्धार

१२ माघ २०७७
यामराज कटुवाल
दैलेख,

माघको महिना , चिसो डाँडाँमा न खाना पकाउने भाडाकुडा छन, न त पकाउने खानेकुरा नपकाएर दिने कोहि छन , आड्ने ओछ्याउने पनि नभएको अबस्थामा अलपत्र अबस्था मा दैलेखको सदरमुकाम नारयण नगरपालिका भित्र शारिरिक अपागंता भएकी एउटि महिला सुत्केरि भएको ३ दिन सम्म अलपत्र अबस्थामा चिसो छिडिमा बिताउन बाध्य छन , स्थानिय सरकारले सुत्केरि महिलाका लागि पोषण कार्यक्रम , अण्डा ,कुखुरा बितरण लगाएत का बिभिन्न कार्यक्रममा लाखौं खर्च गरिरहेको छ ।

नारायण नगरपालिका वडा न. ५ मा अलपत्र अबस्थामा ३ दिनकी सुत्केरि महिलाको उद्धार गरिएको छ । अस्थायि प्रहरि चौकी भैसिखोर, जिल्ला प्रहरि कार्यालय दैलेख र सामाजिक सेवा केन्द्र (सोसेक) को संयुक्त प्रयासमा उद्धार गरिएको हो । उद्धार गरिएकी महिला शारिरिक रुपमा असक्त हुन ।

नारयण नगरपालिकाको इट मा छोडेको घरमा ६ महिना अघि देखि बस्दै आएकी महिला ३ दिन अघि सुत्केरि भएको नजिकै का छिमेकी बहादुर कटुवालले बताए । उनको साथमा अर्को अन्दाजि ३ बर्षको छोरा पनि छ । अहिले छोरि जन्माएकी छन । छोरा र छोरि कस्को हो भन्ने थाहा नभएको र अलपत्र अबस्थामा बच्चा भएपछि आफुहरुले बिहान बेलुका खानका लागि सहयोग गर्दौ आएको कटुवालले बताए ।

सोमवार बिहान नारायण नगरपालिका वडा न. ५ को ईटमा बस्ने बल बहादुर कटुवालले अलपत्र अबस्थामा एउटि महिला सुत्केरि भएको भन्ने जानकारि दिए पछि अस्थायि प्रहरि चौकि भैसिखोरका इन्चार्ज हवल्दार सुरेन्द्र थापाले ४ र ५ न.वडाको सिमानामा पर्ने भएकोले दुबै वडाका वडाध्यक्षलाई जानकारि दिए पनि वडा न. ४ का अध्यक्षले वास्ता नगरे पनि वडा न. ५ का अध्यक्ष लाल बहादुर बस्नेत सहित अलपत्र अबस्थामा भएकी महिला भएको स्थानमा गई उद्धार गर्न पहल गरेको बताए ।

स्थानिय स्तर बाट उद्धार गर्न सम्भब नभए पछि ्िजल्ला प्रहरि कार्यालयमा जानकारि दिएको र जिल्ला प्रहरि कार्यालय दैलेख को समन्वयमा सामाजिक सेवा केन्द्र दैलेख ले आफ्नो सेल्टरमा राख्ने गरि उद्धार गरिएको हवल्दार सुरेन्द्र थापाले बताए ।

घर कहाँ हो , छोरा, छोरि कस्को हो भन्ने सम्म थाहा नभई ६ ७ महिना देखि बेवारिसे अबस्थामा अर्काले छोडेको घरमा बस्दै आएकी महिला अलपत्र अबस्थमा सुत्केरि हुदा सम्म स्थानिय तहलाई जानकारि नहुनु र जानकारि पाए पनि वास्ता नगर्नु गैर जिम्मेवार भएको स्थानियको भनाई रहेको छ ।