Loading... आजः २०८२ पुष ४, शुक्रबार

देशलाई अलमल्याउनका लागि मात्रै चुनावको कुरा गरिँदैछ ; ओली

काठमाडौं :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू चुनावबाट नभाग्ने स्पष्ट पारेका छन्। शनिबारदेखि सुरु भएको पार्टीको ११औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत आफ्नो पार्टीको रहेको दाबीसमेत ओलीको छ। उनले भने, ‘डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको पार्टी चुनावबाट भाग्छ भन्ने कसैले नसोचे हुन्छ।’

तर ओलीले अहिले चुनाव हुँदैछ भनेर देशलाई अल्मल्याउन खोजिएको जिकिर गरे । उनले सोही कुरा बुझेर आफूहरूले संसद पुनर्स्थापनाको माग राखेको बताए।