Loading... आजः २०८३ असार ३०, मंगलवार

चुनावी प्रचारमा बालबालिकाको प्रयोग रोक्न अन्तरक्रिया

खबरदारी गर्ने पत्रकारहरुको प्रतिबद्धता

दैलेख । चामुण्डा बिन्द्रासैनी नगरपालिकामा नागरिक समाज र सञ्चारकर्मीबीच चुनावी प्रचारमा बालबालिकाको प्रयोग रोक्न अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। शनिबार कर्णाली शिक्षा पत्रकार समूहको आयोजनामा, फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै, चुनावी प्रचारमा बालबालिकाको प्रयोग हुन नदिनु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जानकारी दिएको हो ।

कर्णाली शिक्षा पत्रकार समूहका सचिव विष्णु न्यौपानेले बालबालिकाको प्रयोग कानुनी र नैतिक हिसाबले गलत रहेको बताए। उनले भने, यदि यस्तो प्रयोग भएको देखियो भने नागरिक समाज र सञ्चारकर्मीहरूले त्यसको खबरदारी गर्नुपर्ने छ ।

त्यस्तै, नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखका अध्यक्ष अमर सुनारले आगामी निर्वाचनमा बालबालिकाको प्रयोग देखिएमा पत्रकार महासंघ र सञ्चार माध्यमहरूले आवाज उठाउने र खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गरे।