Loading... आजः २०८२ चैत्र २०, शुक्रबार

बदेलको आक्रमण बाट दैलेखमा एकको मृत्यु

यामराज कटुवाल, दैलेख । बदेलको आक्रमण बाट एक जनाको मृत्यु भएको छ ।
भैरवीगाँउपालिका वडा न. ५ बैटाकुराका ५० बर्षिय पदमबहादुर बिष्टको शनिबार दिउसो ४ बजे बदेलको आक्रमण बाट मृत्यु भएको जिल्लाप्रहरी कार्यालय, दैलेखका डिएसपि गणेश बहादुर बरालले जानकारी दिएका छन ।
डिएसपी बरालकाअनुसार आफ्नै बारीमाकामगरिरहेका बिष्टलाई वन क्षेत्रबाट आएको बँधेलले आक्रमण गरी घाइते बनाएको बिष्टकोअध्याधिक रक्तश्रावभई घटनास्थलमै मृत्यू भएको हो ।
दुईहप्ता अगाडि भैरवीगाउँपालिकामै एक जनाको निधनभएको थियो भने आठबिस नगरपालिकामा एक जनालाई घाईते बनाएको थियो । दैलेखमादिन–दिनै बदेलको आक्रमण बढ्दै गैरहेको छ भने बालिनाली नष्ट गरिदिने गरेकाले किसानहरुलाई चिन्तीतबनाएको छ ।