Loading... आजः २०८१ बैशाख १४, शुक्रबार

राउटे समुदायका युवतीलाई यौन दुर्व्यवहार, सुर्खेतका तीन युवा पक्राउ

जाँडरक्सी खुवाइ यौन दुर्व्यवहार

दैलेख-राउटे समुदायका दुई जना युवतीलाई यौन दुर्व्यवहार गर्ने सुर्खेतका तीन युवा पक्राउ परेका छन् ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–९ का ३५ वर्षका चमन घर्ती मगर, २४ वर्षका भुपेन्द्र बुढा मगर र होटल सञ्चालक २९ वर्षका मिलन पुन पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

राउटे समुदायका दुई जना युवतीलाई होटलमा लगेर जाँडरक्सी खुवाइ यौन दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि उनीहरुलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।अहिले राउटे समुदाय गुर्भाकोट नगरपालिकामा बस्दै आएका छन् । घटनाको अनुसन्धान गरिरहेको र राउटे बस्तीमा प्रहरीको टोली गएको डीएसपी घर्तीले जानकारी दिनुभयो ।