Loading... आजः २०८२ मंसिर १, आईतवार

धान राेपाइँ २७ प्रतिशत सकियो

 

काठमाण्डौ – नेपालमा अहिलेसम्म २७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यो अघिल्लो वर्षको तुलनामा ८ प्रतिशत कम हो ।

अघिल्लो वर्ष यो अवधिमा ३५ प्रतिशत रोपाइँ सकिएको थियो । कृषि विभागका सूचना अधिकारी महादेवप्रसाद पौडेलकाअनुसार यो वर्षको अहिलेसम्म  देशभर झण्डै तीन लाख ७१ हजार ९५८ हेक्टर क्षेत्रफलमा धान रोपाइँँ सकिएको छ ।

गएको वर्ष असार १५ सम्ममा चार लाख ८६ हजार हेक्टरमा धान रोपाइँँ सकिएको थियो । बर्खा याममा नेपालभर १३ लाख ७१ हजार ७ हेक्टरमा धान खेती हुने गरेको छ ।

यस्तै यो वर्ष सबैभन्दा धेरै राेपाइँ कर्णाली प्रदेशमा भएको छ । कर्णाली प्रदेशमा यो वर्ष ६२ प्रतिशत रोपाइँ सकिएको कृषि विभागका सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो