दैलेखका प्रहरि निरिक्षक घाईते; नियन्त्रण पछि प्रर्दशनकारी छोडिए

कृष्ण शर्मा
दैलेख – दैलेखका प्रहरि निरिक्षक राजेश साहू घाईते भएका छन ।
संयुक्त विधार्थि संघठनले दोसा्रे पटक संसद विघठन विरुद्ध प्रधानमन्त्रि केपि शर्मा वलिको पुत्ला दहन गरेपछि आन्दोलन लाई नियन्त्रण गर्ने क्रममा निरिक्षक साँहू घाईते भएका हुन ।
सोहि क्रममा आन्दोलनमा उत्रिएका संयुक्त विधार्थि संघठहरुले सदरमुकाम स्थित विभिन्न चोक हरुमा प्रधानमन्त्रि ओलि विरुद्ध नारावाजि सहित पूत्ला दहन समेत गरेका छन ।आन्दोलनमा उत्रिएका विधर्थिहरुले प्रधान मन्त्रि वलि राजिनामा देउ ,पेट्रोलियम पदार्र्थ को मुल्य वृद्धि फिर्ता गर, शैक्षिक वेतिथि र महंगि नियन्त्रण गर , लेखिएका प्लेकार्ड बोकेर सडक प्रदर्शनपछि लोकतान्त्रिक चोकमा पुगेर राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्दै विरोध जनाएका हुन् ।
यस्तै विद्यार्थी संगठनहरुले जातीय विभेदलाई प्रश्रय दिने काम गरेको भन्दै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा समेत माग गरेका छन् । प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्नेक्रममा सुरक्षाकर्मी र केहि प्रदर्शनकारी घाइते भएको दैलेखका डीएसपी अनुपम श्रेष्ठले बताए । उनका अनुसार प्रहरी निरिक्षक राजेश साहु घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको श्रेष्ठले बताए । उनको दैलेख अस्पतालमा उपचार भइरहेको छ । यस्तै प्रर्दशनकारी विद्यार्थी संगठनका केहि कार्यकताहरु समेत घाइते भएको बताईएको छ ।
प्रहरीले पुत्ला दहन गर्ने ३० जना बढि आन्दोलनकारीलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रण पछि प्रर्दशनकारीलाई छोडिएको प्रहरीले जनाएको छ ।







परिवर्तन संवाददाता
१६ असार २०७८, बुधबार २१:२८