दैलेखमा निषेधाज्ञा खुकुलो ; शनिबार बाहेक साँझ ६ बजेसम्म बजार व्यवसाय खुला रहने

दैलेख – दैलेखमा निषेधाज्ञा खुकुलो बनेको छ । असार १८ गते शुक्रबारदेखि बजार व्यवसाय साँझ ६ बजेसम्म खुला रहने निर्णय गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासनले बैशाख २१ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो ।
विहिबार बसेको डीसीसीएमसीको बैठकको निर्णय अनुसार निषेधाज्ञालाई खुकुलो बनाएको छ । बैठकले ब्यूटिपार्लर, सैलुन, होटल, रेष्टुरेण्ट, चियानास्ता पसल बाहेकका व्यवसायहरु शनिबार बाहेक साँझ ६ बजेसम्म जनस्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गरी सञ्चालन हुनेछन ।
यस्तै सार्वजनिक यातायातका सवारी साधनहरु तोकिएको जनस्वास्थ्य सम्बन्धी मापदण्ड पुरा गरी सिट क्षमता भन्दा आधा संख्यामा राखेर जिल्ला भित्र मात्रै सञ्चालन गर्न पाइने निर्णय भएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ । प्रशासनका अनुसार जिल्लामा कोरोना संक्रमणको दर कम घट्दै गएको छ । यद्यपी जोखिम भने कायमै रहेको छ ।







परिवर्तन संवाददाता
१७ असार २०७८, बिहीबार २१:५९