Loading... आजः २०८२ माघ १७, शुक्रबार

दुल्लुको कुवाखोलामा मिनी ट्रकले ठक्कर दिँदा एक जनाको ज्यान गयो

दैलेख – कर्णाली राजमार्ग सडक खण्डमा पर्ने दैलेखकाे दुल्लु नगरपालिका-२ कुवाखोलामा मिनी ट्रकले ठक्कर दिँदा एक जनाकाे ज्यान गएको छ ।

सुर्खेतबाट जुम्ला जाँदै गरेको भे १ ख २३९७ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा दुल्लु नगरपालिका-६ तोलीपानीका १७ वर्षीय यज्ञबहादुर घर्तीकाे ज्यान गएको प्रहरीले जनाएको छ ।

सडक विभागमा काम गर्ने घर्तीलाई सडकको कुनामा काम गरिरहेको अवस्थामा मिनी ट्रकले ठक्कर दिँदा घटनास्थलमा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक (इन्स्पेक्टर) इन्द्रजित सुनारले बताउनुभयाे ।