Loading... आजः २०८२ माघ १७, शुक्रबार

सुर्खेतकाे भेरिगंगामा चट्याङ लागेर एक जनाकाे मृत्यु

सुर्खेत – चट्याङ लागेर एक जनाकाे मृत्यु भएकाे छ । भेरीगंगा नगरपालिका ११ साँदीखाेलाकी ३५ वर्षीय नेकीसरा खत्रीकाे मृत्यु भएकाे हाे ।

गएराती खत्री भान्सा घरको बाहिर छतमा निस्कने क्रममा चट्याङ लागी सक्त घाईते भएकी थिइन् । उनकाे मेहलकुना अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे  कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।