Loading... आजः २०८२ जेष्ठ ३२, शनिबार

गुराँसेमा हिउँ हेर्ने हरुकाे भिड,सडक समेत जाम

सुर्खेत – सुर्खेत र दैलेखको सीमानामा शनिवार हिउँ परेपछि हेर्न जानेको भीडले सडक जाम भएको छ । वीरेन्द्रनगर नगरपालिकाको सिद्धपाईला, रातानाङ्गला र गुराँस गाउँपालिकाको गुराँसे क्षेत्रमा हेउँ शनिवार विहान परेको हो ।
आईतबार विहानैदेखी मौसम खुलेपछि वीरेन्द्रनगर र बाह्य जिल्लाका नागरिकहरु हिउँ हेर्न गुराँसे पुगेका छन् ।

गुराँस पुगेका र फर्किरहेकाहरु रातानाङ्गला र सिद्धपाईला क्षेत्रमा सवारीको चापले जाममा परेका हुन् । गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीकाअनुसार गुराँस क्षेत्रमा हजारौंको संख्यामा नागरिकहरु आएको नेपालीरैबारलाई जानकारी दिए । ‘प्रायः कम हिमपात हुने यस क्षेत्रमा यो पटकमा भारी हिमपात भएपछि वीरेन्द्रनगर उपत्यकाबाट सयौं नागरिकहरु यहाँ आउनुभएको छ,’ अध्यक्ष ओलीले भने, ‘साँघुरो सडकका कारण फर्किने र आउने नागरिकहरु जामका कारण यात्रा गर्न कठिन भइरहेको छ ।’